प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अन्तर्राष्ट्रिय कल बाइपासका उपकरण सहित पक्राउ

२०८३-०६-०१

  • A
  • A-
  • A+
Share

चितवन भरतपुर महानगरपालिका-२ आँपटारीबाट अन्तर्राष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका विभिन्न उपकरणहरू सहित भारतीय नागरिक २५ वर्षीय Kathram Nithin लाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो र जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले नेपाल टेलिकम र एनसेल आजियाटा लिमिटेडको प्राविधिक समन्वयमा उनलाई पक्राउ गरेको हो । 

साथै प्रहरीले उनको साथबाट मोबाइल २६ थान, ल्यापटप २ थान, सिमकार्ड ९५ थान,  सिपियु ४ थान, इन्भर्टर १ थान, ब्याट्री २ थान, युएसबि ६ थान, राउटर २ थान, विभिन्न प्रकारका डेटा केबुलहरू लगायतका सामानहरू समेत बरामद गरेको छ । प्रारम्भिक अनुसन्धानको क्रममा ती उपकरण तथा सामाग्रीहरू अवैध रूपमा अन्तर्राष्ट्रिय कल बाइपास (भिओआइपी) मा प्रयोग गरिएको भन्ने खुल्न आएको छ ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  



सम्बन्धित समाचार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८३-०६-२४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ बस्ने २८ वर्षीय रोजन डंगोल र तारकेश्वर नगरपालिका-६ बस्ने काठमाडौं महानगरपालिका-१६ घर भएका ३१ वर्षीय किसान श्रेष्ठ रहेका छन् । पक्राउ मध्ये रोजनले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३७ लाख २७ हजार रूपैयाँ र किसानले अस्ट्रेलिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २० लाख ७० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले रोजनलाई काठमाडौं महानगरपालिका-१२ बाट बुधबार र किसानलाई तारकेश्वर नगरपालिका-६ बाट शुक्रबार पक्राउ गरेको हो ।  उनीहरूमध्ये रोजनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौं पठाइएको छ भने किसानलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

जापान पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८३-०६-२३

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-३१ बस्ने दाङ घोराही उपमहानगरपालिका-१२ घर भएका ३२ वर्षीय मान बहादुर भण्डारीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।  मान बहादुरले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख ७७ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-३१ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।   

खल्ती कार्यालयको आधिकारिक कर्मचारी हुँ भन्दै ठगी गर्ने चार जना पक्राउ
२०८३-०६-२३

भक्तपुर, खल्ती कार्यालयको आधिकारिक कर्मचारी हुँ भन्दै ठगी गरेको अभियोगमा ४ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको  छ । पक्राउ पर्नेहरूमा ललितपुर हात्तीबन बस्ने रौतहट ईशनाथ नगरपालिका-३ घर भएका २३ वर्षीय सुभम कुमार, बारा सिम्रौनगढ नगरपालिका-१० घर भएका २० वर्षीय अनिकेत यादव, ललितपुर धापाखेल बस्ने रौतहट ईशनाथ नगरपालिका-३ घर भएका २२ वर्षीय पबन कुमार चौधरी र रौतहट गौर नगरपालिका-१ घर भएका २१ वर्षीय रिसी गंगा रहेका छन् । विभिन्न मोबाइल नम्बरहरूबाट खल्तीको आधिकारिक कर्मचारी हुँ भनि पिडितहरूसँग फोन सम्पर्क गरी स्क्रिन सेयर गर्न लगाउने र OTP कोड सेयर गर्न लगाई पीडितहरूको बैंक तथा वालेट खाताहरूमा अनुमति बिना अनाधिकृत रूपमा पहुँच पुर्‍याई विभिन्न खातामा रकम ट्रान्सफर गरी ठगी गर्ने कार्यमा संलग्न रहेका उनीहरूलाई जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले ललितपुर, ललितपुर महानगरपालिका-२८ हात्तीबनस्थित मेरो सिटी अपार्टमेन्टको टिई/१३०५ नम्बरको कोठाबाट पक्राउ गरेको हो ।उनीहरूलाई जिल्ला अदालत भक्तपुरबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।