लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०६-०२
- A
- A-
- A+
काठमाडौं, लागूऔषध मुद्दाका फरार प्रतिवादी ललितपुर, ललितपुर महानगरपालिका-२१ सानो खोकना बस्ने लमजुङ बेसीशहर नगरपालिका-३ घर भएका ४७ वर्षीय विक्रम बहादुर थापालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
उक्त मुद्दामा ३ वर्ष ६ महिना कैद सजाय र १ लाख ६० हजार रूपैयाँ जरिवाना ठहर भई केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारामा कैद भुक्तान गरिरहेकोमा २०८२ भदौ २४ गतेको आन्दोलनमा भागी फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ललितपुर महानगरपालिका-२१ सानो खोकनाबाट पक्राउ गरेको हो ।
उनलाई कैद भुक्तानको लागि केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारामा पठाइएको छ ।