प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३-०६-०३

  • A
  • A-
  • A+
Share

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा काठमाडौं कीर्तिपुर नगरपालिका-४ घर भएका २५ वर्षीय सुमित बस्नेत, भक्तपुर सूर्यविनायक नगरपालिका-३ बस्ने बैतडी पुर्चौडी नगरपालिका-५ घर भएका ४८ वर्षीय जनक बहादुर कुँवर, काठमाडौं महानगरपालिका-३२ बस्ने कैलाली जानकी गाउँपालिका-६ घर भएकी २४ वर्षीया रञ्जिता कुमारी चौधरी, काठमाडौं महानगरपालिका-३२ बस्ने सिराहा सुखीपुर नगरपालिका-७ घर भएका ३२ वर्षीय सन्तोष साह, ललितपुर महालक्ष्मी नगरपालिका-२ बस्ने चितवन रत्ननगर नगरपालिका-२ घर भएका ३९ वर्षीय सिमा खान र काठमाडौं महानगरपालिका-१४ बस्ने धादिङ थाक्रे गाउँपालिका-१० घर भएका ४० वर्षीय राज कुमार बास्कोटा रहेका छन् । 

पक्राउ मध्ये सुमितले अमेरिका पठाइदिन्छु भन्दै १४ जना पीडितहरूबाट २ करोड ८४ लाख रूपैयाँ, जनक बहादुरले जापान, पोर्चुगल, रोमानिया लगायतका देशहरू पठाइदिन्छु भन्दै १६ जना पीडितहरूबाट १० लाख ५० हजार रूपैयाँ, रञ्जिता कुमारीले नर्वे पठाइदिन्छु भन्दै १ जना पीडितबाट १६ लाख रूपैयाँ, सन्तोषले मालदिभ्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ५० हजार रूपैयाँ, सिमाले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ९ लाख रूपैयाँ र राज कुमारले इटाली पठाइदिन्छु भन्दै १ जना पीडितबाट १४ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुमितलाई कीर्तिपुर नगरपालिका-४ बाट, रञ्जिता कुमारीलाई काठमाडौं महानगरपालिका-४ बाट र सन्तोषलाई काठमाडौं महानगरपालिका-३२ बाट बिहीबार तथा जनक बहादुरलाई काठमाडौं महानगरपालिका-१२ बाट, सिमालाई ललितपुर महालक्ष्मी नगरपालिका-४ बाट र राज कुमारलाई काठमाडौं महानगरपालिका-१४ बाट शुक्रबार पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

सम्बन्धित समाचार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८३-०६-२४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ बस्ने २८ वर्षीय रोजन डंगोल र तारकेश्वर नगरपालिका-६ बस्ने काठमाडौं महानगरपालिका-१६ घर भएका ३१ वर्षीय किसान श्रेष्ठ रहेका छन् । पक्राउ मध्ये रोजनले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३७ लाख २७ हजार रूपैयाँ र किसानले अस्ट्रेलिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २० लाख ७० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले रोजनलाई काठमाडौं महानगरपालिका-१२ बाट बुधबार र किसानलाई तारकेश्वर नगरपालिका-६ बाट शुक्रबार पक्राउ गरेको हो ।  उनीहरूमध्ये रोजनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौं पठाइएको छ भने किसानलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

जापान पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८३-०६-२३

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-३१ बस्ने दाङ घोराही उपमहानगरपालिका-१२ घर भएका ३२ वर्षीय मान बहादुर भण्डारीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।  मान बहादुरले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख ७७ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-३१ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।   

खल्ती कार्यालयको आधिकारिक कर्मचारी हुँ भन्दै ठगी गर्ने चार जना पक्राउ
२०८३-०६-२३

भक्तपुर, खल्ती कार्यालयको आधिकारिक कर्मचारी हुँ भन्दै ठगी गरेको अभियोगमा ४ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको  छ । पक्राउ पर्नेहरूमा ललितपुर हात्तीबन बस्ने रौतहट ईशनाथ नगरपालिका-३ घर भएका २३ वर्षीय सुभम कुमार, बारा सिम्रौनगढ नगरपालिका-१० घर भएका २० वर्षीय अनिकेत यादव, ललितपुर धापाखेल बस्ने रौतहट ईशनाथ नगरपालिका-३ घर भएका २२ वर्षीय पबन कुमार चौधरी र रौतहट गौर नगरपालिका-१ घर भएका २१ वर्षीय रिसी गंगा रहेका छन् । विभिन्न मोबाइल नम्बरहरूबाट खल्तीको आधिकारिक कर्मचारी हुँ भनि पिडितहरूसँग फोन सम्पर्क गरी स्क्रिन सेयर गर्न लगाउने र OTP कोड सेयर गर्न लगाई पीडितहरूको बैंक तथा वालेट खाताहरूमा अनुमति बिना अनाधिकृत रूपमा पहुँच पुर्‍याई विभिन्न खातामा रकम ट्रान्सफर गरी ठगी गर्ने कार्यमा संलग्न रहेका उनीहरूलाई जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले ललितपुर, ललितपुर महानगरपालिका-२८ हात्तीबनस्थित मेरो सिटी अपार्टमेन्टको टिई/१३०५ नम्बरको कोठाबाट पक्राउ गरेको हो ।उनीहरूलाई जिल्ला अदालत भक्तपुरबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।