सुन जस्तो देखिने धातुका गरगहना सहित एक जना पक्राउ
२०८३-०६-०३
- A
- A-
- A+
काठमाडौं, काठमाडौं महानगरपालिका-२६ भेडासिंह डेरा गरी बस्ने भारत घर भएका ४१ वर्षीय मानिक दासलाई १ किलो ४ सय ६६ ग्राम ६ सय ८० मिलिग्राम तौल बराबरको सुन जस्तो देखिने धातुका विभिन्न गरगहनाहरू र नगद ७ लाख ५६ हजार रूपैयाँ सहित बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौंको न्यूरोड एरियामा अवैध रूपमा सुनका गरगहनाहरू भण्डारण तथा बिक्रि बितरण भइरहेको छ भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई उक्त गरगहना र नगद सहित काठमाडौं महानगरपालिका-२६ भेडासिंहबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर काठमाडौं पठाइएको छ ।