प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सुन जस्तो देखिने धातुका गरगहना सहित एक जना पक्राउ

२०८३-०६-०३

  • A
  • A-
  • A+
Share

काठमाडौं, काठमाडौं महानगरपालिका-२६ भेडासिंह डेरा गरी बस्ने भारत घर भएका ४१ वर्षीय मानिक दासलाई १ किलो ४ सय ६६ ग्राम ६ सय ८० मिलिग्राम तौल बराबरको सुन जस्तो देखिने धातुका विभिन्न गरगहनाहरू र नगद ७ लाख ५६ हजार रूपैयाँ सहित बिहीबार प्रहरीले पक्राउ गरेको छ ।  

काठमाडौंको न्यूरोड एरियामा अवैध रूपमा सुनका गरगहनाहरू भण्डारण तथा बिक्रि बितरण भइरहेको छ भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई उक्त गरगहना र नगद सहित काठमाडौं महानगरपालिका-२६ भेडासिंहबाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर काठमाडौं पठाइएको छ ।

सम्बन्धित समाचार
सामाजिक सञ्जालमा आपत्तिजनक भिडियो पोष्ट गर्ने व्यक्ति पक्राउ
२०८३-०६-२९

धनुषा, सामाजिक सञ्जालमा आपत्तिजनक भिडियो पोष्ट गरेको अभियोगमा लक्ष्मीनिया गाउँपालिका-१ बस्ने २० वर्षीय क्रिमिनल भन्ने राजु यादवलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।  उनले समाजमा हिंसा फैलाउन उत्प्रेरित गर्ने, विभिन्न व्यक्ति, समुदाय र संगठनको मर्यादामा आँच आउने गरी गालीगलौज र आपत्तिजनक शब्दहरू बोल्ने तथा धाकधम्की दिने किसिमका भिडियोहरू सामाजिक सञ्जाल टिकटकमा अपलोड गरेको भन्ने खुल्न आएपश्चात जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।