प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

एकनाले भरूवा बन्दुक सहित एक जना पक्राउ

२०८३-०६-०८

  • A
  • A-
  • A+
Share

बझाङ, थलारा गाउँपालिका-९ मालुमेलाबाट एकनाले भरूवा बन्दुक १ थान सहित सोही गाउँपालिका-९ बस्ने ४६ वर्षीय डवल भण्डारीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी चौकी मटेलाबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
अवैध हुण्डी कारोबारमा संलग्न व्यक्ति पक्राउ
२०८३-०६-०९

काठमाडौं, अवैध हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा सुनसरी धरान उपमहानगरपालिका-१३ घर भएकी ज्योति शाहीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनलाई धरान उपमहानगरपालिका-५ खैरनीबाट पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा उनले अन्य व्यक्तिहरूसँगको मिलेमतोमा शाही मनि ट्रान्सफर समेतको नाममा विभिन्न व्यावसायिक बैंकमा रहेको खाताहरू प्रयोग गरी हालसम्म १ अर्ब ३ करोड ८४ लाख ७५ हजार ८ सय ४५ रूपैयाँ बराबरको अवैध हुण्डी कारोबार गरेको खुल्न आएको छ । उनी उपर हुण्डी सम्बन्धी कारोबार गर्न नहुने कसुरमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

दक्षिण अफ्रिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८३-०६-०९

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी दक्षिण अफ्रिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं बुढानिलकण्ठ बस्ने सिन्धुली कमलामाई नगरपालिका-१ घर भएका ३२ वर्षीय सुजन न्यौपानेलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । सुजनले दक्षिण अफ्रिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं कपनबाट पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०६-०९

काठमाडौं, बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-३२ बस्ने ओखलढुङ्गा चम्पादेवी गाउँपालिका-३ घर भएका ४८ वर्षीय शेर बहादुर मगरलाई प्रहरीले पक्राउ गरेको छ । १२ वटा बैंकिङ कसुर सम्बन्धी मुद्दाहरूमा ८ करोड ४२ लाख ३६ हजार बिगो र उच्च अदालत पाटन, जिल्ला अदालत काठमाडौं र जिल्ला अदालत भक्तपुरबाट विभिन्न मितिमा भएको फैसलाले २ वर्ष १४ दिन कैद र ६२ लाख १० हजार १ सय रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ललितपुर, ललितपुर महानगरपालिका-१० बाट पक्राउ गरेको हो ।उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।

प्रहरी हौं भनि धाक धम्की दिई रकम असुल गर्ने कार्यमा संलग्न दुई जना पक्राउ
२०८३-०६-०७

काठमाडौं, प्रहरी हौं भनि डर त्रास, धाक धम्की दिई रकम असुल गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चन्द्रागिरी नगरपालिका-२ बसुन्डोल बस्ने ३१ वर्षीय रोशन सुर्खेती र २६ वर्षीय सन्जय बिसुंखे रहेका छन् । चन्द्रागिरी नगरपालिका-७ थानकोटस्थित एक स्वास्थ्य क्लिनिकमा बिहीबार साँझ अपरिचित मानिसहरू प्रवेश गरी हामी मेडिकलहरू अनुगमन गर्न हिँडेका सादा पोसाकमा खटिएका प्रहरी हौं भनि डर त्रास, धाक धम्की दिई औषधी पसलको काउन्टरबाट नगद समेत लिई भागेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । उनीहरू उपर आपराधिक लाभ एक्सटर्सन (ठगी) सम्बन्धी कसुरमा जिल्ला अदाल काठमाडौंबाट ४ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ
२०८३-०६-०६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१० बस्ने अर्घाखाँची घर भएकी ३१ वर्षीया मनिषा सुनार, ३४ वर्षीय ठाकुर बहादुर सुनार, काठमाडौं तारकेश्वर नगरपालिका-१६ बस्ने पाल्पा घर भएका ४९ वर्षीय खोप बहादुर शाही, भक्तपुर सूर्यविनायक नगरपालिका-७ बस्ने ४९ वर्षीय दिपेन्द्र खत्री र स्याङ्जा घर भएकी ४८ वर्षीया सिता लुईटेल रहेका छन् । पक्राउ मध्ये मनिषा र ठाकुर बहादुरले बेलायत पठाइदिन्छु भन्दै १ जना पीडितबाट १२ लाख रूपैयाँ, खोप बहादुरले रोमानिया पठादिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ, दिपेन्द्रले न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ५० हजार रूपैयाँ र सिताले पोर्चुगल पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले मनिषा र ठाकुर बहादुरलाई काठमाडौं महानगरपालिका-९ बाट शनिबार, खोप बहादुरलाई काठमाडौं तारकेश्वर नगरपालिका-१६ बाट आइतबार, दिपेन्द्र र सितालाई काठमाडौं महानगरपालिका-१२ बाट सोमबार पक्राउ गरेको हो ।उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।