कटुवा पेस्तोल सहित एक जना पक्राउ
२०८३-०६-०८
- A
- A-
- A+
रौतहट, परोहा नगरपालिका-८ पटेल चोकबाट कटुवा पेस्तोल १ थान सहित भारत बिहार मोतिहारी श्रीपुर ग्राम बस्ने ३७ वर्षीय गोबिन्द दासलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी नरकटिया मोतिपुर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पेस्तोल सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।