अवैध हुण्डी कारोबारमा संलग्न व्यक्ति पक्राउ
२०८३-०६-०९
- A
- A-
- A+
काठमाडौं, अवैध हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा सुनसरी धरान उपमहानगरपालिका-१३ घर भएकी ज्योति शाहीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनलाई धरान उपमहानगरपालिका-५ खैरनीबाट पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानको क्रममा उनले अन्य व्यक्तिहरूसँगको मिलेमतोमा शाही मनि ट्रान्सफर समेतको नाममा विभिन्न व्यावसायिक बैंकमा रहेको खाताहरू प्रयोग गरी हालसम्म १ अर्ब ३ करोड ८४ लाख ७५ हजार ८ सय ४५ रूपैयाँ बराबरको अवैध हुण्डी कारोबार गरेको खुल्न आएको छ ।
उनी उपर हुण्डी सम्बन्धी कारोबार गर्न नहुने कसुरमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।