प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध हुण्डी कारोबारमा संलग्न व्यक्ति पक्राउ

२०८३-०६-०९

  • A
  • A-
  • A+
Share

काठमाडौं, अवैध हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा सुनसरी धरान उपमहानगरपालिका-१३ घर भएकी ज्योति शाहीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनलाई धरान उपमहानगरपालिका-५ खैरनीबाट पक्राउ गरेको हो । 

प्रारम्भिक अनुसन्धानको क्रममा उनले अन्य व्यक्तिहरूसँगको मिलेमतोमा शाही मनि ट्रान्सफर समेतको नाममा विभिन्न व्यावसायिक बैंकमा रहेको खाताहरू प्रयोग गरी हालसम्म १ अर्ब ३ करोड ८४ लाख ७५ हजार ८ सय ४५ रूपैयाँ बराबरको अवैध हुण्डी कारोबार गरेको खुल्न आएको छ । 

उनी उपर हुण्डी सम्बन्धी कारोबार गर्न नहुने कसुरमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
सामाजिक सञ्जालमा आपत्तिजनक भिडियो पोष्ट गर्ने व्यक्ति पक्राउ
२०८३-०६-२९

धनुषा, सामाजिक सञ्जालमा आपत्तिजनक भिडियो पोष्ट गरेको अभियोगमा लक्ष्मीनिया गाउँपालिका-१ बस्ने २० वर्षीय क्रिमिनल भन्ने राजु यादवलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।  उनले समाजमा हिंसा फैलाउन उत्प्रेरित गर्ने, विभिन्न व्यक्ति, समुदाय र संगठनको मर्यादामा आँच आउने गरी गालीगलौज र आपत्तिजनक शब्दहरू बोल्ने तथा धाकधम्की दिने किसिमका भिडियोहरू सामाजिक सञ्जाल टिकटकमा अपलोड गरेको भन्ने खुल्न आएपश्चात जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।