दक्षिण अफ्रिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८३-०६-०९
- A
- A-
- A+
काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी दक्षिण अफ्रिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं बुढानिलकण्ठ बस्ने सिन्धुली कमलामाई नगरपालिका-१ घर भएका ३२ वर्षीय सुजन न्यौपानेलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
सुजनले दक्षिण अफ्रिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं कपनबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।