चोरीमा संलग्न व्यक्तिहरू पक्राउ
२०८३-०६-१०
- A
- A-
- A+
काठमाडौं, मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोमा ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चन्द्रागिरी नगरपालिका-१२ बस्ने धादिङ घर भएका २७ वर्षीय नारायण तामाङ, २२ वर्षीय आकाश तामाङ र २१ वर्षीय वेल बहादुर तामाङ रहेका छन् । चन्द्रागिरी नगरपालिका-९ मच्छेगाउँस्थित एक घर अगाडि पार्किङ गरी राखेको मोटरसाइकल बिहीबार बिहान चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई चन्द्रागिरी नगरपालिका-१ गोकुलपाटीबाट पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट बा.प्र ०२-०४१ प ३९३४ र बा.प्र ०२४५ प ६७०५ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।
यसैगरी काठमाडौं, हाते ट्याक्टर चोरीमा संलग्न रहेको अभियोगमा ५ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर चाँगुनारायण नगरपालिका-५ छालिङ घर भएका ४१ वर्षीय राजु मचामसी, २१ वर्षीय राजेश मचामसी, १९ वर्षीय राजन मचामसी, रौतहट घर भएका ३५ वर्षीय राजेश्वर जैसवाल र काभ्रे घर भएका ४८ वर्षीय बिपिन कुमार शाही रहेका छन् । विभिन्न मिति र समयमा स्वयम्भू क्षेत्रबाट हाते ट्याक्टरहरू चोरी भएको घटनाको अनुसन्धानको क्रममा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी उक्त कार्यमा संलग्न उनीहरूलाई भक्तपुर मध्यपुर थिमि नगरपालिका-९ बाट पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट विभिन्न स्थानबाट चोरी भएका १४ थान हाते ट्याक्टरहरू समेत बरामद गरेको छ ।
उनीहरू उपर चोरी सम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।