अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८३-०६-११
- A
- A-
- A+
सुनसरी, धरान उपमहानगरपालिका-१० बस्ने ३१ वर्षीय रोशन उदास सिकर्मीलाई नियन्त्रित लागूऔषध नाइट्राजेपाम ८२ ट्याब्लेट सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले रोशनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-५ बस्ने २३ वर्षीय निशान सार्कीलाई नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ६० ट्याब्लेट र स्पास्पेन १ सय ६० ट्याब्लेट सहित शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी जनताबस्तीबाट खटिएको प्रहरील निशानको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, बराहक्षेत्र नगरपालिका-९ मगरटोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम १ सय १० मिलिग्राम र नगद ९ हजार रूपैयाँ सहित ३ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ रतुवामाई नगरपालिका-४ घर भएका २९ वर्षीय सन्तोष मोक्तान, सुनसरी बराहक्षेत्र नगरपालिका-६ बस्ने २९ वर्षीय चन्दन कुमार बहरदार र उदयपुर त्रियुगा नगरपालिका-३ घर भएका २९ वर्षीय दिपक दनुवार रहेका छन् । इलाका प्रहरी कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले बाग्मती प्रदेश ०२-०५९ प १२८५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, इनरूवा नगरपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ६० मिलिग्राम सहित सोही नगरपालिका-७ बस्ने २१ वर्षीय अनुज कुमार सिंहलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका-२५ बडरे डेरा गरी बस्ने म्याग्दी मालिका गाउँपालिका-५ घर भएका २६ वर्षीय सलमान रानालाई नियन्त्रित लागूऔषध टापेन्टाडोल ९० ट्याब्लेट सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले सलमानको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
नवलपरासी पूर्व, गैंडाकोट नगरपालिका-१२ चन्द्रसिंह चोक बस्ने २७ वर्षीय अर्जुन सुनारलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ८५ ट्याब्लेट र भोमिन ८५ ट्याब्लेट सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बेल्डिहाबाट खटिएको प्रहरीले अर्जुनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषध सोही नगरपालिका-१२ हर्कपुर बस्ने २८ वर्षीय संजय क्षेत्रीसँग खरिद गरेको भन्ने खुल्न आएपश्चात संजयलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
यसैगरी नवलपरासी पूर्व, गैंडाकोट नगरपालिका-७ गैरी बस्ने ३३ वर्षीया पार्वती घर्तीलाई नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ३५ ट्याब्लेट, ऐनारागन २ सय ३७ ट्याब्लेट र नगद ५ हजार ७ सय ५० रूपैयाँ सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गैंडाकोटबाट खटिएको प्रहरीले पार्वतीको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-१९ गुम्बाचोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ७० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१९ जे गाउँ बस्ने २७ वर्षीय राजन सिंह र ३४ वर्षीय मनोज देवार रहेका छन् । इलाका प्रहरी कार्यालय बहुलियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।