खुन डाँका तथा ज्यान सम्बन्धी कसुरमा संलग्न तीन जना पक्राउ
२०८३-०६-१२
- A
- A-
- A+
पर्सा, खुन डाँका तथा ज्यान सम्बन्धी कसुरमा संलग्न रहेको अभियोगमा धोबिनी गाउँपालिका-५ धोबिनी बस्ने १८ वर्षीय ३ जना किशोरहरूलाई प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँ बस्ने ६२ वर्षीया लखरजिया देवीको गत असोज ५ गते हत्या भएको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले लखरजियाको घरमा चोरी गर्ने योजना बनाई घरभित्र प्रवेश गरी दराजभित्र राखिएको पैसा र गरगहनाहरू चोरी गरिरहेको अवस्थामा लखरजियाले देखेपछि उनीहरूले लखरजियाको हत्या गरी घरमा रहेको गरगहना र नगद समेत चोरी गरी फरार भएको अनुसन्धानको क्रममा खुल्न आएको छ ।
उनीहरू उपर जिल्ला अदालत पर्साबाट कर्तव्य ज्यान कसुर मुद्दामा ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।