प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

खुन डाँका तथा ज्यान सम्बन्धी कसुरमा संलग्न तीन जना पक्राउ

२०८३-०६-१२

  • A
  • A-
  • A+
Share

पर्सा, खुन डाँका तथा ज्यान सम्बन्धी कसुरमा संलग्न रहेको अभियोगमा धोबिनी गाउँपालिका-५ धोबिनी बस्ने १८ वर्षीय ३ जना किशोरहरूलाई प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँ बस्ने ६२ वर्षीया लखरजिया देवीको गत असोज ५ गते हत्या भएको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो  । 

प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले लखरजियाको घरमा चोरी गर्ने योजना बनाई घरभित्र प्रवेश गरी दराजभित्र राखिएको पैसा र गरगहनाहरू चोरी गरिरहेको अवस्थामा लखरजियाले देखेपछि उनीहरूले लखरजियाको हत्या गरी घरमा रहेको गरगहना र नगद समेत चोरी गरी फरार भएको अनुसन्धानको क्रममा खुल्न आएको छ । 

उनीहरू उपर जिल्ला अदालत पर्साबाट कर्तव्य ज्यान कसुर मुद्दामा ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
सामाजिक सञ्जालमा आपत्तिजनक भिडियो पोष्ट गर्ने व्यक्ति पक्राउ
२०८३-०६-२९

धनुषा, सामाजिक सञ्जालमा आपत्तिजनक भिडियो पोष्ट गरेको अभियोगमा लक्ष्मीनिया गाउँपालिका-१ बस्ने २० वर्षीय क्रिमिनल भन्ने राजु यादवलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।  उनले समाजमा हिंसा फैलाउन उत्प्रेरित गर्ने, विभिन्न व्यक्ति, समुदाय र संगठनको मर्यादामा आँच आउने गरी गालीगलौज र आपत्तिजनक शब्दहरू बोल्ने तथा धाकधम्की दिने किसिमका भिडियोहरू सामाजिक सञ्जाल टिकटकमा अपलोड गरेको भन्ने खुल्न आएपश्चात जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।