प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

२०८३-०६-१३

  • A
  • A-
  • A+
Share

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ बस्ने लमजुङ दोर्दी गाउँपालिका-८ घर भएका ४५ वर्षीय खर्वा तामाङ र काठमाडौं तारकेश्वर नगरपालिका-६ बस्ने धादिङ नेत्रावती डबजोङ गाउँपालिका-५ घर भएका ३१ वर्षीय हरि तिमिल्सिना भन्ने ईश्वर खतिवडा रहेका छन् । 

पक्राउ मध्ये खर्वाले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ९ लाख रूपैयाँ र ईश्वरले स्लोभेनिया र माल्दिभ्स पठाइदिन्छु भन्दै २५ जना पीडितहरूबाट ८५ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले खर्वालाई काठमाडौं सिनामंगलबाट शनिबार र ईश्वरलाई काठमाडौं महानगरपालिका-२६ बाट बिहीबार पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

सम्बन्धित समाचार
सामाजिक सञ्जालमा आपत्तिजनक भिडियो पोष्ट गर्ने व्यक्ति पक्राउ
२०८३-०६-२९

धनुषा, सामाजिक सञ्जालमा आपत्तिजनक भिडियो पोष्ट गरेको अभियोगमा लक्ष्मीनिया गाउँपालिका-१ बस्ने २० वर्षीय क्रिमिनल भन्ने राजु यादवलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।  उनले समाजमा हिंसा फैलाउन उत्प्रेरित गर्ने, विभिन्न व्यक्ति, समुदाय र संगठनको मर्यादामा आँच आउने गरी गालीगलौज र आपत्तिजनक शब्दहरू बोल्ने तथा धाकधम्की दिने किसिमका भिडियोहरू सामाजिक सञ्जाल टिकटकमा अपलोड गरेको भन्ने खुल्न आएपश्चात जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।