कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०६-१३
- A
- A-
- A+
काठमाडौं, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-९ घर भएका ६० वर्षीय राजकुमार श्रेष्ठलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
उक्त मुद्दामा २० वर्ष कैद सजाय ठहर भई केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल सुन्धारा काठमाडौंमा कैद भुक्तान गरिरहेकोमा २०८२ भदौ २४ गतेको आन्दोलनमा भागी फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-३१ भीमसेनगोलाबाट पक्राउ गरेको हो ।
उनलाई कैद भुक्तानको लागि केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल सुन्धारा काठमाडौं पठाइएको छ ।