बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ
२०८३-०६-१४
- A
- A-
- A+
काठमाडौं, बैंकिङ कसुर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चन्द्रागिरी नगरपालिका-३ बस्ने सर्लाही हरिवन नगरपालिका-११ घर भएका ४७ वर्षीय रामजी ठाकुर र काठमाडौं महानगरपालिका-९ बस्ने चितवन भरतपुर महानगरपालिका-११ घर भएका ४० वर्षीय सन्तोष पाण्डे रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जिल्ला अदालत भक्तपुरको २०८२ वैशाख ७ गतेको फैसलाले उक्त मुद्दामा २ वर्ष कैद सजाय ठहर भई फरार रहेका रामजीलाई काठमाडौं महानगरपालिका-१३ कालीमाटीबाट र जिल्ला अदालत चितवनबाट उक्त मुद्दामा पक्राउ पूर्जी जारी भई फरार रहेका सन्तोषलाई ललितपुर महानगरपालिका-३ धोवीघाटबाट पक्राउ गरेको हो ।
पक्राउ मध्ये रामजीलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुरमा पेश गरिएको छ भने सन्तोषलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको छ ।