प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

वैदेशिक रोजगार सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

२०८३-०६-१६

  • A
  • A-
  • A+
Share

काठमाडौं, वैदेशिक रोजगार सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका-९ गोंगबु बस्ने भोजपुर रामप्रसादराई गाउँपालिका-६ घर भएका ४९ वर्षीय राज कुमार राईलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

वैदेशिक रोजगार न्यायाधिकरणबाट उक्त मुद्दामा पक्राउ अनुमति जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१६ माछापोखरीबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।   

सम्बन्धित समाचार
जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०६-१७

काठमाडौं, जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी धादिङ सिद्धलेक गाउँपालिका-३ घर भएका ३८ वर्षीय गणेश श्रेष्ठलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । उक्त मुद्दामा १८ वर्ष कैद सजाय ठहर भई केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल सुन्धारा काठमाडौंमा कैद भुक्तान गरिरहेकोमा २०८२ भदौ २४ गतेको आन्दोलनमा भागी फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-२६ सामाखुशीबाट पक्राउ गरेको हो । उनलाई कैद भुक्तानको लागि केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल सुन्धारा काठमाडौं पठाइएको छ ।

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८३-०६-१७

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-८ बस्ने सोही महानगरपालिका-२१ घर भएका ४५ वर्षीय गिरिस विलास जोशी र काठमाडौं महानगरपालिका-१३ बस्ने धादिङ गल्छी गाउँपालिका-३ घर भएका ४७ वर्षीय निलकण्ठ खनाल रहेका छन् ।  पक्राउ मध्ये गिरिसले ग्रिस पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ र निलकण्ठले क्रोएशिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ९ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले गिरिसलाई काठमाडौं महानगरपालिका-२९ बाट र निलकण्ठलाई काठमाडौं महानगरपालिका-१३ बाट पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

साइप्रस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८३-०६-१६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी साइप्रस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर चाँगुनारायण नगरपालिका-३ बस्ने ३७ वर्षीय सरोज मल्ललाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।  सरोजले साइप्रस पठाइदिन्छु भन्दै १ जना पीडितबाट ९ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई भक्तपुर चाँगुनारायण नगरपालिका-३ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।   

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
२०८३-०६-१५

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका-१५ बस्ने काभ्रे घर भएका ३२ वर्षीय विरेन्द्र तामाङ, काठमाडौं महानगरपालिका-९ बस्ने मकवानपुर घर भएका ३८ वर्षीय कमल प्रसाद गौतम, काठमाडौं महानगरपालिका-१४ बस्ने अछाम घर भएका ३३ वर्षीय गणेश बहादुर बुढा र काठमाडौं गोकर्णेश्वर नगरपालिका-९ बस्ने रामेछाप घर भएका ४४ वर्षीय बद्रि कुमार तामाङ रहेका छन् । पक्राउ मध्ये विरेन्द्रले बेलायत पठाइदिन्छु भन्दै १ जना पीडितबाट ९ लाख रूपैयाँ, कमलले रोमानिया पठादिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ, गणेशले अष्ट्रेलिया र क्यानडा पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ३ लाख रूपैयाँ र बद्रिले पोल्याण्ड पठाइदिन्छु भन्दै ५ जना पीडितहरूबाट २१ लाख ८९ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले विरेन्द्रलाई ललितपुर महानगरपालिका-३ बाट, कमललाई काठमाडौं महानगरपालिका-७ बाट र गणेशलाई काठमाडौं महानगरपालिका-१३ बाट मंगलबार तथा बद्रिलाई काठमाडौं गोकर्णेश्वर नगरपालिका-९ बाट बुधबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

जापान पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८३-०६-१४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका-५ बस्ने NEEM EDUCATION CONSULTANCY PVT. LTD. का संचालक रामेछाप लिखु तामाकोशी गाउँपालिका-१ घर भएका २६ वर्षीय दिप बहादुर तामाङलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।  दिप बहादुरले जापान पठाइदिन्छु भन्दै १५ जना पीडितहरूबाट १ करोड १ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।