अवैध लागूऔषध ब्राउनसुगर सहित दुई जना पक्राउ
२०८३-०६-१६
- A
- A-
- A+
बाँके, नेपालगंज उपमहानगपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय २० मिलिग्राम सहित जानकी गाउँपालिका-३ बस्ने ३५ वर्षीय महेन्द्र गिरीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
उदयपुर, बेलका नगरपालिका-४ लालबजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम सहित सोही नगरपालिका-५ घुम्ने बस्ने ३० वर्षीय प्रदिप बस्नेतलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।