अवैध लागूऔषध सहित ९ जना पक्राउ
२०८३-०६-२१
- A
- A-
- A+
काठमाडौं, गोकर्णेश्वर नगरपालिका-५ जोरपाटीबाट नियन्त्रित लागूऔषध नाइट्राभेट ७४ ट्याब्लेट सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-८ अत्तरखेल बस्ने दोलखा शैलुङ गाउँपालिका-२ घर भएका ३२ वर्षीय जिवन तामाङ र काठमाडौं शंखरापुर नगरपालिका-२ धारापानी बस्ने २७ वर्षीय अविशेक गुरूङ रहेका छन् । प्रहरी बिट जम्बुडाँडाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
कञ्चनपुर, भीमदत्त नगरपालिका-४ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ९० मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१८ सालघारी बस्ने २२ वर्षीय धिरज राना र सोही नगरपालिका-१८ गोबरैया बस्ने १९ वर्षीय आशिष लेखक रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङ, विराटनगर महानगरपालिका-१८ रेल्वेबाट अवैध लागूऔषध गाँजा २४ किलो ४ सय ग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार अररिया फुलकाहा-१ बस्ने २० वर्षीय प्रवेश कुमार साह र २० वर्षीय सुरेश कुमार साह रहेका छन् । अस्थायी प्रहरी पोष्ट भेडीयारीबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेको बिआर ३८ एई ०४९७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
यसैगरी मोरङ, विराटनगर महानगरपालिका-११ बाट अवैध लागूऔषध खैरो हेरोइन १ सय १ ग्राम ५ सय ३० मिलिग्राम सहित ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत अररिया यनां नरपतजंग घर भएका २३ वर्षीय रिजवान अहमद इदरीशी, सुनसरी देवानगंज गाउँपालिका-२ घर भएका २३ वर्षीय आरविन्द्र यादव र २३ वर्षीय अनिल यादव रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।