जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०६-३०
- A
- A-
- A+
उदयपुर, ३१ असोज, ५१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बेलका नगरपालिका-५ सुपाडे टोल बस्ने ५७ वर्षीय राजन बहादुर खड्कालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । राजनले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनी उपर जिल्ला अदालत उदयपुरबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।