नेपाल प्रहरीद्वारा नि:शुल्क बस संचालन
२०८३-०७-०३
- A
- A-
- A+
काठमाडौं, बडा दसैंको अवसरमा काठमाडौं उपत्यकामा आम नागरिकको सुविधा र सहज आवागमनका लागि नेपाल प्रहरीले निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले दसैंमा यात्रुको सहजताका लागि उपत्यकाका तीन रूटमा कात्तिक ३ र ४ गते नि:शुल्क बस सञ्चालन गरेको छ ।
रूट नम्बर १: यो रूट नक्सालबाट सुरू भई बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माईतीघर, पुतलीसडक, कृष्णपाउरोटी, जयनेपाल हल हुँदै पुनः नक्सालमा फर्किनेछ ।
रूट नम्बर २: यो रूट नक्सालबाट सुरू भई रत्नपार्क, बानेश्वर, कोटेश्वर, सल्लाघारी, सूर्यविनायक चोक हुँदै कोटेश्वर, एयरपोर्ट, गौशाला, चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ, बालुवाटार हुँदै पुनः नक्सालमा फर्किनेछ ।
रूट नम्बर ३: यो रूट नक्सालबाट सुरू भई सोह्रखुट्टे, बालाजु चोक, नयाँ बसपार्क, नारायण गोपाल चोक चक्रपथ, सुकेधारा, गौशाला, एयरपोर्ट, कोटेश्वर, सातदोबाटो, एकान्त कुना, बल्खु, कलंकी, नयाँ बसपार्क, चक्रपथ, महाराजगंज हुँदै पुन: नक्सालमा फर्किनेछ ।
निःशुल्क बस सेवाले विशेषगरी सार्वजनिक यातायातको अभावमा रहेका यात्रुहरूलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ ।
नि:शुल्क बस सेवा पहिलो सिफ्ट अन्तर्गत आज १६:०० बजेबाट तीन वटै रूटमा सञ्चालन हुनेछ । यसैगरी कात्तिक ४ गते पहिलो सिफ्ट बिहान ८:०० बजेबाट र दोस्रो सिफ्ट दिउँसो १५:३० बजे बाट उक्त रूटहरूमा सञ्चालन हुनेछ ।