चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०७-१३
- A
- A-
- A+
काठमाडौं, चेक अनादर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-७ चाबहिल बस्ने काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका-४ घर भएका ४७ वर्षीय अमिर कुमार श्रेष्ठलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत काठमाडौंको २०८१ जेठ १६ गतेको फैसलाले उक्त मुद्दामा १ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-७ चाबहिलबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।