प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भन्सार छली चोरी पैठारी गरी ल्याईएका मोवाइल सहित पक्राउ

२०७८-१२-१७

  • A
  • A-
  • A+
Share

काठमाडौं, भन्सार छली चोरी पैठारी गरी ल्याईएका ३० थान मोवाइल सहित काठमाडौं नागार्जुन नगरपालिका-३ ईचंगुनारायण ठेगाना भएका २९ वर्षीय आशिक श्रेष्ठलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  

            भारतबाट आशिक श्रेष्ठ समेतका व्यक्तिले मोवाइल लगायतका अन्य सामानहरु भन्सार छली चोरी पैठारी गरी ल्याई कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले काठमाडौं नागार्जुन नगरपालिका-३ स्वयम्भू हलचोकस्थित आशिक श्रेष्ठको एएस मोवाइल स्टोरमा तलासी गर्दा भन्सार चोरी पैठारी गरी ल्याईएका विभिन्न कम्पनीका मोवाइल फेला पारी उनलाई पक्राउ गरेको हो । 

उनलाई आवश्यक कारवाहीको लागि अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर काठमाडौं पठाइएको छ । 



सम्बन्धित समाचार
अवैध लागूऔषध सहित पक्राउ
२०७९-०३-१५

कैलाली, गोदावरी नगरपालिका-५ गेटाबाट १४ ग्राम ९२७ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ  सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१ बस्ने २१ वर्षीय नबिन सिंह मडै र सोही नगरपालिका-१२ बस्ने २८ वर्षीय जिवन खत्री रहेका छन् । उनीहरुले सुदूर पश्चिम प्रदेश ०१-११ प.३७४७ नम्बरको मोटरसाईकलमा लागूऔषध ओसार पसार गरिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाईकलको सिट मुनी ३ वटा पोका बनाई राखेको अवस्थामा उक्त पदार्थ सहित फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।   बाँके, नरैनापुर गाउँपालिका-६ दोन्द्रा बस्ने ५० वर्षीया अनिता मौर्या सहित २ जनालाई करिब १ सय ८५ किलोग्राम अवैध लागूऔषध गाँजा सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । नरैनापुर गाउँपालिका-६ चौबिस बिगाह र दोन्द्रामा रहेका घरमा लागूऔषध गाँजा लुकाई राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भगवानपुरबाट खटिएको प्रहरीले अनिता मौर्या सहित ४ जनाको घर तलासी गर्दा गहुँको भुसभित्र लुकाई राखिएको अवस्थामा उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । हाल फरार अन्य २ जनाको प्रहरीले खोजी गरिरहेको छ । मोरङ, विराटनगर महानगरपालिका-१२ महेन्द्र मोरङ क्याम्पस अगाडिबाट ५ ग्राम ७ सय मिलीग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित सोही महानगरपालिका-६ बस्ने ४० वर्षीय नारायण महत्तो समेत २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ साईकलमा आउँदै गरेका महत्तोलाई प्रहरी चौकी बखरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारेपछि उनी समेत दुवै जनालाई पक्राउ गरेको हो ।  कास्की, पोखरा महानगरपालिका-३० पावरहाउस चोकबाट करिब १ किलोग्राम अवैध लागूऔषध गाँजा सहित सोही महानगरपालिका-५ प्रस्याङ बस्ने गोरखा भिमसेन गाउँपालिका-१ घर भएका २१ वर्षीय सुजन परियारलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको ग.१ ख २९५९ नम्बरको बसलाई वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार सुजनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

हत्याको घटनालाई झुण्डी मृत्यु देखाएको घटनामा संलग्न अभियुक्त पक्राउ
२०७९-०३-१५

रौतहट, घाटी धिची कर्तव्य गरी मारेको घटनालाई झुण्डी मृत्यु देखाएको घटनामा संलग्न रहेको अभियोगमा चन्द्रपुर नगरपालिका-९ डुमरीयास्थित मुस्लिम टोल बस्ने खुर्सैद राईन भन्ने २१ वर्षीय औसयद महमदलाई कवारीलाई असार ६ गते प्रहरीले पक्राउ गरेको छ ।  कवारीकी श्रीमती २१ वर्षीया तराना खातुन २०७८ चैत्र १० राति आफ्नै कोठाको पंखामा सलको पासो लगाई झुण्डीएको र चन्द्ननिगाहपुरस्थित चन्द्रपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको घटनाको थप अनुसन्धानको क्रममा तरानाको झुण्डिएर नभई घाटी थिची हत्या भएको खुल्न आएपश्चात कवारीलाई प्रहरीले पक्राउ गरेको हो ।  उनी उपर जिल्ला अदालत रौतहटबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।

नगद चोरी गरेको अभियोगमा पक्राउ
२०७९-०३-१५

उदयपुर, त्रियुगा नगरपालिका-३ स्थित उर्जा पेट्रोल पम्पको काउन्टरबाट नगद चोरी गरेको अभियोगमा सोही ठाउँ बस्ने ३० वर्षीय रोहित कार्की र २५ वर्षीय मनिस सिलवाललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ   उक्त काउन्टरको ताला फुटाई नगद ५ लाख ६१ हजार रुपैयाँ चोरी गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले शंका लागि जाँच गर्ने क्रममा उनीहरूको साथबाट नगद ५० हजार ७ सय रुपैयाँ सहित फेला पारी दुवै जनालाई पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

महिलालाई प्रेमजालमा पारी लुटपाट गरी फरार रहेका व्यक्ति पक्राउ
२०७९-०३-१५

रौतहट, महिलालाई प्रेमजालमा पारी नगद तथा विभिन्न सुनका गहना लुटपाट गरेको अभियोगमा बारा प्रसौनी गाउँपालिका-४ खुटवा प्रसौनी बस्ने ३६ वर्षीय महमद रफिक रायभाटलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  रौतहट चन्द्रपुर नगरपालिका-४ स्थित चपुर पराठा एण्ड गेष्‍ट हाउसमा एक महिलालाई लगी महिलाकै नाममा कोठा बुक गरी राखेर बेहोस बनाई महिलाका सुनका विभिन्न गहना र नगद १० हजार रुपैयाँ समेत गरी २ लाख ९० हजार रुपैयाँ बराबरको धनमाल लुटी फरार भएको घटना अनुसन्धान गर्ने क्रममा रायभाटको संलग्नता पाइएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।  रायभाट महिलाहरुलाई फोन तथा सामाजिक संजालको माध्यमबाट प्रेमजालमा पारी घुम्न जाने बहानामा घरबाट बाहिर बोलाई होटेलमा लगी पीडितकै नामबाट होटेलको कोठा बुक गर्न लगाई पेय पदार्थमा लठीने नसालु पदार्थ मिसाई खुवाई बेहोस पारी गरगहना लगायत रकम समेत लुट्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

घुमुवा प्रहरी हुँ भन्दै डर धाकधम्की दिएको अभियोगमा पक्राउ
२०७९-०३-१५

                                                                                   रौतहट,आफू नेपाल प्रहरीको घुमुवा प्रहरी हुँ भन्दै डर धाकधम्की देखाई सर्वसाधरणलाई दु:ख हैरानी दिएको अभियोगमा चन्द्रपुर नगरपालिका-९ सिन्धुरेघारी टोल बस्ने ३२ वर्षीय सुमन बस्नेतलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।  चन्द्रपुर नगरपालिका-४ स्थित राजमार्गका यात्रुलाई, सोही ठाउँस्थित चोकमा मानिसहरुलाई र स्थानीय होटलहरूमा एक व्यक्तिले अनावश्यक हैरानी दिइरहेको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय चन्द्रपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।   उनी उपर अभद्र व्यबहार शीर्षक मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट ६ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।