अवैध रुपमा भन्सार छलि ल्याउँदै गरेको विभिन्न कपडा सहित पक्राउ
२०७८-०६-२३
- A
- A-
- A+
रुपन्देही, अवैध रुपमा भारतबाट नेपालतर्फ भन्सार छलि ल्याउँदै गरेको करिब ३ लाख ४० हजार रुपैयाँ मूल्य बराबरको विभिन्न कपडा सहित सोही गाउँपालिका ठर्खो बस्ने ३८ वर्षीय चन्द्रिका खरबिनलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
मर्चवारी गाउँपालिका-६ फुलबरियास्थित सडकमा लु.१ ह १९५१ नम्बरको अटोलाई ईलाका प्रहरी कार्यालय मर्चवार र प्रहरी चौकी ठर्कीको संयुक्त प्रहरी टोलीले जाँच गर्नेक्रममा अटो चालक चन्द्रिकालाई उक्त सामान सहित फेला पारी पक्राउ गरेको हो ।
उनलाई बरामद सामान सहित आवश्यक कारबाहीको लागि बेलहिया भन्सार कार्यालय रुपन्देहीमा पठाइएको छ ।