नेपाल प्रहरी श्रीमती संघको ३८औं वार्षीकोत्सवको अवसरमा घरेलु तथा हस्तकला प्रदर्शनी
२०७९-०५-०२
- A
- A-
- A+
काठमाडौं, नेपाल प्रहरी श्रीमती संघको ३८औं वार्षिकोत्सवको अवसरमा संस्कृति, परम्परागत र पौराणिकताको सम्वर्द्धनका लागि नेपाल प्रहरी प्रधान कार्यालय नक्सालस्थित खेल मैदानमा बिहीबार घरेलु तथा हस्तकला प्रदर्शनी गरिएको छ ।
नेपाल प्रहरी श्रीमती संघको आयोजनामा भएको उक्त प्रदर्शनीमा स्वनिग : पासा पुच, प्रगति महिला समूह, साकुरा फ्लावर सेन्टर, सावह नेपाल लगायतका संघसंस्थाले विभिन्न घरेलु तथा हस्तकला प्रदर्शन गरेका थिए ।
नेपाल श्रीमती संघकी अध्यक्ष श्रीमती कुसुम लता सिंह, संघका पदाधिकारीहरू, नेपाल प्रहरीका वरिष्ठ प्रहरी अधिकृतहरू, प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरू, नेपाल प्रहरी स्कुल साँगा, नेपाल प्रहरी स्कुल सामाखुसी, एपेक्स स्कुल लगायत १३ वटा विभिन्न विद्यालयका विद्यार्थीहरुले उक्त प्रदर्शनी अवलोकन गर्नुभएको थियो ।