नक्कली नोट सहित पक्राउ
२०७९-०५-२८
- A
- A-
- A+
पर्सा, वीरगंज महानगरपालिका-८ स्थितबाट १ हजार दरको नक्कली जस्तो देखिने ३ थान नेपाली नोट सहित छिपहरमाई गाउँपालिका-२ टिउकी बस्ने १८ वर्षीय किशोरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोष्ट घण्टाघरबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली जस्तो देखिने नोट सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।