हलुका सवारी चालक तालिम समापन
२०७९-०६-१२
- A
- A-
- A+
काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा संचालित २४औं समूहको हलुका सवारी चालक तालिम बुधबार समापन भएको छ ।
उक्त अवसरमा सोही महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक ई. दिनेश केसीले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्दै प्रशिक्षार्थीले तालिमबाट प्राप्त गरेका ज्ञान, सिप र दक्षतालाई आ-आफ्नो कार्य क्षेत्रमा जिम्मेवारी पूर्वक त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक ई. अन्जनराज खरेलले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत साउन १७ गतेदेखि संचालित उक्त तालिममा प्रहरी सहायक हवल्दार ७ जना र प्रहरी जवान २५ जना गरी कुल ३२ जना प्रशिक्षार्थीहरु सहभागिता रहेको जानकारी दिनुभयो ।