स्रोत नखुलेको रकम र सुन जस्तो देखिने धातु सहित पक्राउ
२०७८-०७-०५
- A
- A-
- A+
सुनसरी,
धरान उपमहानगरपालिका-२ स्थित रत्न रोडबाट स्रोत नखुलेको १८ लाख नेपाली रुपैयाँ र बिल भरपाई बिनाको करिब २ सय ५८ ग्राम ३ सय २० मिलिग्राम सुनजस्तो देखिने ५ थान बाला सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका-१५ सगरमाथा लाईन बस्ने ४८ वर्षीय रामबहादुर श्रेष्ठ र धनकुटा महालक्ष्मी नगरपालिका-२ बस्ने ३४ वर्षीय चन्द्र प्रसाद श्रेष्ठ रहेका छन् ।
ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त नगद र धातु सहित पक्राउ गरी यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।