जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ
२०७९-१०-०२
- A
- A-
- A+
काठमाडौं महानगरपालिका-७ स्थित कुमार डंगोलको कोठामा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं चाबहिल बस्ने ३७ वर्षीय राज कुमार डंगोल समेत ५ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३७ हजार ३ सय ३० रूपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।