प्रतिबन्धित भारतीय नोट सहित एक जना पक्राउ
२०७९-१०-०५
- A
- A-
- A+
पर्सा, वीरगंज महानगरपालिका-१६ शंकराचार्य गेटबाट प्रतिबन्धित ५ सय दरको नोट २ सय थान सहित सोही महानगरपालिका-१ छपकैया बस्ने २१ वर्षीय जटाशंकर साह सोनारलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको प्रहरीले भारतको रक्सौलबाट वीरगंजतर्फ पैदल आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा पाइन्टको खल्तीबाट उक्त नोट फेला पारी पक्राउ गरेको हो ।
बरामद रुपैँया सहित उनलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको छ ।