स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ
२०७९-१०-०५
- A
- A-
- A+
सर्लाही, गोडैता नगरपालिका-१२ मधुवनीगाउँबाट स्रोत नखुलेको नगद १० लाख ३३ हजार रुपैयाँ सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भक्तपुर सूर्यविनायक नगरपालिका-२ बस्ने ४६ वर्षीय तारा निधि पन्थ र काभ्रे पाँचखाल नगरपालिका-१३ बस्ने ३४ वर्षीय श्रवण त्रिपाठी रहेका छन् । ईलाका प्रहरी कार्यालय गडहियाबाट खटिएको प्रहरीले मधुवनी बजारबाट भारततर्फ पदैल जाँदै गरेका उनीहरूलाई जाँच गर्ने क्रममा पन्थको साथबाट श्रोत नखुलेको २ लाख १० हजार रुपैयाँ र त्रिपाठीको साथबाट ८ लाख २३ हजार रूपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।