जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ
२०७९-१०-१९
- A
- A-
- A+
भक्तपुर, सूर्यबिनायक नगरपालिका-६ चुनदेबी हाईटस्थित सिन्धुपाल्चोक जुगल गाउँपालिका-६ घर भएका ३७ वर्षीय छिरिङ तामाङको खाजाघरमा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत ९ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
उक्त खाजाघरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १६ हजार ७५ रूपैयाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।