चितुवाको छाला र हड्डी सहित ३ जना पक्राउ
२०७८-०७-१३
- A
- A-
- A+
बाँके, कोहलपुर नगरपालिका-११ स्थित सागर गेष्ट हाउसको कोठा नम्बर २०५ बाट १ थान चितुवाको छाला र १ किलो ४० ग्राम हड्डी सहित ३ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा राप्ती सोनारी गाउँपालिका-९ ढकेरी बस्ने ३५ वर्षीय हिरासिह बिक, सुर्खेत पंचपुरी नगरपालिका-७ बस्ने २४ वर्षीय रमेश वयक र सोही ठाउँ बस्ने २८ वर्षीय बसन्त बिसी रहेका छन् ।
चितुवाको छाला ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले होटलमा बसेका उनीहरुलाई उक्त छाला र हड्डी सहित फेला पारी पक्राउ गरेको हो ।
उनीहरु उपर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।