स्रोत नखुलेको १७ लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
२०७९-११-०२
- A
- A-
- A+
महोत्तरी, मटिहानी नगरपालिका-८ मस्जिद टोलबाट स्रोत नखुलेको १७ लाख भारतीय रुपैयाँ सहित सोही ठाउँ बस्ने २९ वर्षीय महेश यादवलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी मटिहानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको महेश सवार ज.०६ प ६६६४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलको ट्याङ्कीभित्र लुकाई राखेको ५ सय दरको १००/१०० थानका ३४ बन्डल गरी उक्त भारतीय रूपैयाँ र मोटरसाइकल सहित उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।