जुवातास खेलिरहेको अवस्थामा ३५ जना पक्राउ
२०७८-०७-१७
- A
- A-
- A+
काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-७ दुङ्गेधारास्थित ज्ञानु राईको टहरामा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३४ वर्षीय बिलास भट्ट लगायात ६ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त टहरामा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ३३ हजार ८ सय रुपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो
तनहुँ, शुक्ला गण्डकी नगरपालिका-८ ढोरफेदी लालीम बस्ने बिल बहादुर गुरुङको घरमा कौडा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३० वर्षीय राजुभक्त पराजुली लगायत २९ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँ र ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनीहरुलई नगद ९ लाख ११ हजार ४ सय ५ रुपैयाँ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।