कम्बोडिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०२-०१
- A
- A-
- A+
काठमाडौं, कम्बोडिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका-१ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-३ माकलबारी बस्ने २९ वर्षीय सिद्धार्थ तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
तामाङ समेतले २ जनालाई वैदेशिक रोजगारीको लागि कम्बोडिया पठाई क्यासिनोमा १ लाख रूपैयाँ भन्दा बढी तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटकपटक गरी १६ लाख रुपैयाँ ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई गोकर्णेश्वर नगरपालिका शिवचोकबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ ।