प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

२०८०-०२-०२

  • A
  • A-
  • A+
Share

कैलाली, धनगढी उपमहानगरपालिका-४ उत्तर बेहडी चोकबाट स्रोत नखुलेको ४१ हजार नेपाली रूपैयाँ र ९ लाख भारतीय रूपैयाँसहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१० बस्ने २९ वर्षीय अक्षय राना र सोही ठाउँ बस्ने २८ वर्षीय बिजय राना रहेका छन् । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले सुदूरपश्चिम प्रदेश ०१००९ प ३८०५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई जाँच गर्ने क्रममा उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो । 

 यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
सालकको खपेटासहित चार जना पक्राउ
२०८०-०६-१०

काठमाडौं, काठमाडौं महानगरपालिका-२६ सामाखुशीबाट दुर्लभ वन्यजन्तु सालकको खपेटा ९ सय ग्राम १२ मिलिग्रामसहित सिन्धुपाल्चोक साँगाचोक नगरपालिका-१० घर भई भक्तपुर सूर्यविनायक बस्ने ३३ वर्षीय तिले तामाङसमेत ४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सामाखुशीस्थित कल्पना खाजा घरमा दुर्लभ वन्यजन्तु सालकको खपेटा लुकाई लिई बसेको भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग गोगंबुबाट खटिएको प्रहरीले खोजी तथा जाँच गर्ने क्रममा तामाङको झोलामा लुकाई राखेको उक्त खपेटासहित उनीहरूलाई पक्राउ गरेको   हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सुन जस्तो धातु देखाई ठगी गर्ने चार जना पक्राउ
२०८०-०५-३१

काठमाडौं, सुन जस्तो धातु देखाई ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई YUEPENG GOLD 1 KILO Fine GOLD 999.9 Y185270 लेखिएको सुन जस्तो देखिने धातु सहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका-१ घर भई काठमाडौं कागेश्वरी मनहरा नगरपालिका-७ बस्ने ३१ वर्षीय विशुराम थपलिया, दोलखा बिगु गाउँपालिका-५ घर भई भक्तपुर नयाँ ठिमी बस्ने ३० वर्षीय भिमसेन बिक, काठमाडौं महानगरपालिका-३ लाजिम्पाट मिलन मार्ग बस्ने ३२ वर्षीय निरज महर्जन र सप्तरी सितापुर गाउँपालिका-८ इटहरुवा घर भई काठमाडौं जोरपाटी बस्ने ३४ वर्षीय दिलिप कुमार चौधरी रहेका छन् । काठमाडौं महानगरपालिका-१६ बालाजु क्षेत्रमा सुन जस्तो धातु देखाई ठगी भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं बालाजुबाट उक्त धातुसहित उनीहरूलाई पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक कारवाहीका लागि प्रहरी वृत्त बालाजु पठइएको छ ।

भन्सार छलि अवैध रूपमा लुकाई छिपाई ल्याएको सुनसहित तीन जना पक्राउ
२०८०-०५-२६

काठमाडौं, भन्सार छलि लुकाई छिपाई ल्याएको ९ सय ६० ग्राम तौलको अवैध सुन जस्तो देखिने पहेंलो धातु बरामद भएको घटनाको अनुसन्धानको क्रममा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा काभ्रे खानीखोला गाउँपालिका-३ घर भई पनौती नगरपालिका-५ बस्ने २८ वर्षीय बाबुलाल दोङ, काभ्रे रोशी गाउँपालिका-३ घट्टेखोला बस्ने ३३ वर्षीय जगत लामा र काभ्रे महाभारत गाउँपालिका-३ सानो पोखरा घर भई हाल बनेपा बस्ने ३६ वर्षीय मिङमा दोर्जे स्यान्तान रहेका छन् । हिमालयन एयरलाईन्सद्वारा सोमबार बिहान दुबईबाट नेपाल आएका बाबुलालले भन्सार छलि अवैध सुन लुकाई छिपाई ल्याएको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा काठमाडौं महानगरपलिका-९ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर सार्वजनिक सडक पेटीमा हिँड्दै गरेका बाबुलाललाई मलद्वारमा लुकाई छिपाई राखेको अवस्थामा उक्त परिमाणको धातुसहित तत्काल फेला पारी पक्राउ गरेको थियो ।  थप सोधुपछ एवम् अनुसन्धानको क्रममा जगत लामा र दोर्जे स्यान्तानलाई समेत काठमाडौं महानगरपालिका-१५ ढल्कुस्थित बिगमार्टको पार्किङबाट मंगलबार प्रहरीले पक्राउ गरेको हो । उनीहरूले प्रयोग गरेको बागमती प्रदेश ०१-२७ च ९९६० नम्बरको गाडी र बागमती प्रदेश ०२-०३० प ८५१७ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।  उनीहरूलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गौचर पठाइएको छ ।

लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको मुद्रासहित चिनियाँ नागरिक पक्राउ
२०८०-०४-१७

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको १ सय दरको १ हजार थान गरी जम्मा १ लाख चिनियाँ युआनसहित चिनियाँ नागरिक ५८ वर्षीय होङग होङगलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  एयर चाईनाको उडानद्वारा काठमाडौंबाट चीनको छेन्दु प्रस्थान गर्न लागेका उनलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उनको झोलाबाट उक्त चिनियाँ युआन फेला परेको हो ।  उनलाई आवश्यक अनुसन्धान एवम् कानूनी कारवाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाईएको छ ।

सुन जस्तो देखिने पहेँलो धातुसहित पक्राउ
२०८०-०४-११

काठमाडौं, काठमाडौं महानगरपालिका-९ अन्तर्राष्ट्रिय विमास्थलबाट अवैध रुपमा भन्सार छलि लैजान लागेको सुन जस्तो देखिने करिब ५८ ग्राम पहेँलो धातुको ब्रासलेट १ थानसहित भारतीय नागरिक ३० वर्षीय इमरान सिराजलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । हिमालय एयरलाईन्सको उडानद्वारा दोहा कतारबाट काठमाडौं आएका सिराजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा प्रहरीले जाँच गर्ने क्रममा लुकाई छिपाई लैजान लागेको अवस्थामा उक्त ब्रासलेटसहित फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।