स्रोत नखुलेको भारतीय रूपैयाँसहित पक्राउ
२०८०-०२-१५
- A
- A-
- A+
सप्तरी, राजबिराज नगरपालिका-७ त्रिभुबन चोकबाट स्रोत नखुलेको २ लाख भारतीय रूपैयाँसहित सोही नगरपालिका-९ मलेठ बस्ने ३७ वर्षीय श्याम सुरेश यादवलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले स.१ त १३७४ नम्बरको पिकपलाई जाँच गर्ने क्रममा ५ सय दरका ४ सय थान नोटसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
बरामद रकमसहित उनलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरीमा पठाइएको छ ।