प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ

२०८१-०५-१२

  • A
  • A-
  • A+
Share

काठमाडौं, विभिन्न सामाजिक संजालको दुरूपयोग गरी अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा महोत्तरी सोनमा गाउँपालिका-८ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका-८ बस्ने २२ वर्षीय रोहित रन्जन यादवलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । 

थाइल्याण्डमा बसोबास गर्ने एलेन अरबि श्रेष्ठको कार दुर्घटनामा परी मृत्यु भएको र निजको नाममा थाइल्याण्डस्थित Siam कमर्सियल बैंकको खातामा रहेको ८५ लाख अमेरिकी डलर निकाल्न निजको उत्तराधिकारी कोही नभएकोले सो रकम बैंकबाट निकाल्न उत्तराधिकारी बनाई रकम निकाली दिन्छौ भनी प्रलोभन देखाई विभिन्न ब्यक्तिहरुको नाममा रहेका बैंक खाताहरूमा पटक पटक गरी ९९ लाख ६४ हजार ७ सय रूपैयाँ  रकम पठाउन लगाई ठगी गर्ने कार्यमा संलग्न यादवलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भक्तपुर सुर्यविनायक नगरपालिका-८ बाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ । 


सम्बन्धित समाचार
सामाजिक सञ्जालमा आपत्तिजनक भिडियो पोष्ट गर्ने व्यक्ति पक्राउ
२०८३-०६-२९

धनुषा, सामाजिक सञ्जालमा आपत्तिजनक भिडियो पोष्ट गरेको अभियोगमा लक्ष्मीनिया गाउँपालिका-१ बस्ने २० वर्षीय क्रिमिनल भन्ने राजु यादवलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।  उनले समाजमा हिंसा फैलाउन उत्प्रेरित गर्ने, विभिन्न व्यक्ति, समुदाय र संगठनको मर्यादामा आँच आउने गरी गालीगलौज र आपत्तिजनक शब्दहरू बोल्ने तथा धाकधम्की दिने किसिमका भिडियोहरू सामाजिक सञ्जाल टिकटकमा अपलोड गरेको भन्ने खुल्न आएपश्चात जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।