प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भरूवा बन्दुक सहित एक जना पक्राउ

२०८१-०७-२१

  • A
  • A-
  • A+
Share

कैलाली, गोदावरी नगरपालिका-४ तखरे गाउँ बस्ने ६५ वर्षीय लाल बहादुर बुढामगरलाई भरूवा बन्दुक २ थान, सिसाको गोली ८ थान र बारूद करिब २ सय ग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

अस्थायी प्रहरी पोष्ट गोदावरीबाट खटिएको प्रहरीले बुढामगरको घरबाट करिब ५० मिटर टाढा चैतडा सामुदायिक जंगलको खोल्सोमा लुकाई छिपाई राखेको उक्त बन्दुक, सिसाको गोली र बारूद फेला पारी उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  


सम्बन्धित समाचार