एकनाले भरूवा बन्दुक सहित एक जना पक्राउ
२०८३-०२-१३
- A
- A-
- A+
पाँचथर, फिदिम नगरपालिका-११ खमारे बस्ने ४४ वर्षीय देउ बहादुर आङ्बोलाई एकनाले भरूवा बन्दुक १ थान सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।