भरूवा बन्दुक सहित एक जना पक्राउ
२०८३-०५-०५
- A
- A-
- A+
गोरखा, सिरानचोक गाउँपालिका-६ नयाँसाँघुबाट भरूवा बन्दुक १ थान सहित भिमसेन थापा गाउँपालिका-२ सुनार गाउँ घर भएका ४३ वर्षीय प्रेम सुनारलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी नयाँसाँघु समेतबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।