कटुवा पेस्तोल सहित एक जना पक्राउ
२०८३-०५-२७
- A
- A-
- A+
सर्लाही, मलंगवा नगरपालिका-१२ चमेलीमाई मन्दिर नजिकैबाट कटुवा पेस्तोल १ थान र गोली २ राउण्ड सहित भारत बिहार राज्य सीतामढी सोनबर्षा बस्ने २८ वर्षीय नबिन महतोलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय हरिपुर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पेस्तोल सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको बीआर ३० एटि ८९६१ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।