अवैध हातहतियार निर्माण गरी बिक्री वितरण गर्ने तीन जना पक्राउ
२०८३-०५-२५
- A
- A-
- A+
गुल्मी, अवैध हातहतियार निर्माण गरी बिक्री वितरण गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ गर्नेहरूमा छत्रकोट गाउँपालिका-५ बस्ने ४७ वर्षीय बुद्धि बहादुर कामी, ४१ वर्षीय झग बहादुर विक र ६० वर्षीय प्रेम बहादुर सिंजाली रहेका छन् ।
अवैध हातहतियार निर्माण गरी बिक्री वितरण समेत गर्ने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय गुल्मीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट भरूवा बन्दुक ९ थान, बन्दुकको नाल ४२ थान, काठको निर्माण हुँदै गरेको कुन्जी (बट) ८ थान, काठको बट ५ थान, फलामको गज २ थान, गोली छर्रा २ सय २१ थान, बन्दुकको चाँप पुर्जा ७ थान, बारूद जस्तो देखिने पदार्थ ८९ ग्राम ८५० मिलिग्राम, जंगली जनावरको ओखेटोपहार, हड्डी, छाला, भरूवा बन्दुकमा लाग्ने गोली ३ थान लगायतका सरसामान समेत बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।