भरूवा बन्दुक सहित एक जना पक्राउ
२०८३-०६-२२
- A
- A-
- A+
मोरङ, लेटाङ नगरपालिका-७ वाराङ्गी कोलाघारी बस्ने पुर्ण लावती लिम्बुलाई भरूवा बन्दुक १ थान, दबासवाला बन्दुक १ थान, हातहतियार निर्माण गर्ने आरन र भरूवा बन्दुकमा प्रयोग हुने विभिन्न पार्टपुर्जाहरू सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हातहतियारहरू फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।