पेस्तोल सहित तीन जना पक्राउ
२०८३-०४-२०
- A
- A-
- A+
सिराहा, लहान नगरपालिका-२२ सलोखरीबाट पेस्तोल १ थान र म्याग्जिन १ थान सहित ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २० वर्षीय सबरजीत दास, २० वर्षीय गुरूदेव दास र १९ वर्षीय संजय दास रहेका छन् ।
प्रहरी चौकी सितापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पेस्तोल सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।