भरूवा बन्दुक सहित एक जना पक्राउ
२०८३-०४-३०
- A
- A-
- A+
ओखलढुंगा, मोलुङ गाउँपालिका-५ गोगुनडाँडा बस्ने ३३ वर्षीय मोहन तामाङलाई भरूवा बन्दुक १ थान र बन्दुकमा प्रयोग हुने बारूद सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बरूणेश्वरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हातहतियार फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।