कटुवा पेस्तोल सहित चार जना पक्राउ
२०८३-०४-२६
- A
- A-
- A+
कञ्चनपुर, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले कटुवा पेस्तोल १ थान सहित ४ जनालाई सोमबार बेलुकी पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बेल्डाडी गाउँपालिका-३ बस्ने २० वर्षीय नितेश सिंह, सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, कृष्णपुर नगरपालिका-६ बस्ने २० वर्षीय राजेन्द्र सिंह र कैलाली गोदावरी नगरपालिका-१ बस्ने २० वर्षीय पारस रोकाया रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई भीमदत्त नगरपालिका-१८ सालघारीबाट पक्राउ गरेको थियो । थप अनुसन्धानको क्रममा प्रहरीले १८ वर्षीय किशोरको भीमदत्त नगरपालिका-१८ मामा भान्जा चोकस्थित डेरा तलासी गर्दा लुकाई छिपाई राखेको कटुवा पेस्तोल फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।