प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भरूवा बन्दुक सहित एक जना पक्राउ

२०८३-०४-१७

  • A
  • A-
  • A+
Share

चितवन, राप्ती नगरपालिका-११ थाकलटार बस्ने ४५ वर्षीय आईतसिंह लामालाई भरूवा बन्दुक १ थान सहित आइतबार बिहान  प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



सम्बन्धित समाचार
कटुवा पेस्तोल सहित चार जना पक्राउ
२०८३-०४-२६

कञ्चनपुर, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले कटुवा पेस्तोल १ थान सहित ४ जनालाई सोमबार बेलुकी पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा बेल्डाडी गाउँपालिका-३ बस्ने २० वर्षीय नितेश सिंह, सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, कृष्णपुर नगरपालिका-६ बस्ने २० वर्षीय राजेन्द्र सिंह र कैलाली गोदावरी नगरपालिका-१ बस्ने २० वर्षीय पारस रोकाया रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई भीमदत्त नगरपालिका-१८ सालघारीबाट पक्राउ गरेको थियो । थप अनुसन्धानको क्रममा प्रहरीले १८ वर्षीय किशोरको भीमदत्त नगरपालिका-१८ मामा भान्जा चोकस्थित डेरा तलासी गर्दा लुकाई छिपाई राखेको कटुवा पेस्तोल फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

पेस्तोल सहित तीन जना पक्राउ
२०८३-०४-२४

कपिलवस्तु, विजयनगर गाउँपालिका-४ जगदिशपुरबाट पेस्तोल १ थान सहित ३ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कृष्णनगर नगरपालिका-५ डबरा बस्ने २३ वर्षीय आषिश पाण्डे , सोही नगरपालिका-८ दयानगर बस्ने २१ वर्षीय जितेन्द्र मौरिया र १९ वर्षीय विनोद कश्यप रहेका छन् । उनीहरूले कृष्णनगर नगरपालिका-८ बहादुरगंजमा पेस्तोल देखाई  डर, धम्की दिई हिँडिरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी पत्थरदेहियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पेस्तोल सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको लु.६१ प ७०७२ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।