प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भरूवा बन्दुक सहित दुई जना पक्राउ

२०८१-०८-१८

  • A
  • A-
  • A+
Share

मोरङ, सुनवर्षी नगरपालिका-७ बरडंगा बस्ने ओम प्रकाश यादवलाई १ थान भरूवा बन्दुक सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो । 

अछाम, साँफेबगर नगरपालिका-७ रिडिकोट बस्ने ३३ वर्षीय कुबेर केसीलाई १ थान भरूवा बन्दुक सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बयलपाटाबाट खटिएको प्रहरीले उनको घरको छाना माथि लुकाई छिपाई राखेको अवस्थामा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार