अवैध लागूऔषध सहित पाँच जना पक्राउ
२०८१-१०-०८
- A
- A-
- A+
उदयपुर, चौदण्डीगढी नगरपालिका-३ बदेलपानी बस्ने २८ वर्षीया सम्झना राईलाई अवैध लागूऔषध गाँजा करिब ५ किलो ९ सय ९० ग्राम सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।
झापा, झापा गाउँपालिका-१ लसुनाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय मिलिग्राम सहित पाँचथर फिदिम नगरपालिका-४ बस्ने १९ वर्षीया रिदिमा बर्देवा समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कुमारखोदबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी झापा, झापा गाउँपालिका-५ पन्थपडाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १० ग्राम १५ मिलिग्राम सहित अर्जुनधारा नगरपालिका-५ बस्ने ३० वर्षीय प्रबिण गिरी र कन्काई नगरपालिका-८ बस्ने २५ वर्षीय सुमन राजबंशीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कुमारखोदबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१-०१-०१६ प ९००९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।