प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

हत्या गरेको अभियोगमा पक्राउ

२०८१-१०-२७

  • A
  • A-
  • A+
Share

बाँके, बैजनाथ गाउँपालिका-८ बस्ने २५ वर्षीय दिनेश रोकायाको हत्या गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको   छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-२ बस्ने ३५ वर्षीय राम बहादुर राना र सोही गाउँपालिका-६ बस्ने १७ वर्षीय किशोर रहेका छन् । 

सोही गाउँपालिका-८ बिचलाईनस्थित विवाह कार्यक्रममा भएको बादबिबादको क्रममा उनीहरूले दिनेश समेत ६ जनालाई शुकबार राति कुटपिट गर्दा गम्भीर घाइते भएका दिनेशको मेडिकल कलेज कोहलपुर हुँदै थप उपचारको लागि भारतको लखनउ पठाइएकोमा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको हो । साथै कुटपिटबाट घाइते भएका अन्य ५ जनाको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०७-२०

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१६ बस्ने नुवाकोट तार्केश्वर गाउँपालिका-१ घर भएका ३५ वर्षीयी कुमारी तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।कुमारीले युके पठाइदिन्छु भन्दै २ जना पीडितबाट ६ लाख ७२ हजार २ सय रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१२ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

विभिन्न हतियार सहित एक जना पक्राउ
२०८२-०७-२०

काठमाडौं, तारकेश्वर नगरपालिका-११ मनमैजु लोकतान्त्रिक चोक डेरा गरी बस्ने कैलाली टीकापुर नगरपालिका-१ घर भएका २३ वर्षीय शिवराज धमलालाई विभिन्न हतियार सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।विशेष सूचनाको आधारमा उक्त स्थानमा खटिएको प्रहरीले शिवराजको कोठा तलासी गर्दा ईन्सास राईफल १ थान, सर्टगन १ थान, ठुलो चाईनिज पेस्तोल १ थान, एसएलआर राईफलको ब्ल्याङ्क राउण्ड २ सय ५ थान, ईन्सास राईफलको म्याग्जिन १६ थान र  ठुलो चाईनिज पेस्तोलको म्याग्जिन २ थान फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

नाबालिकाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ
२०८२-०७-१९

काठमाडौं, सामाजिक सञ्जालमा नाबालिकाको चरित्र हत्या गरेको अभियोगमा सिराहा कल्याणपुर नगरपालिका-११ घर भएका २२ वर्षीय जिवन कुमार साहलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।म्यासेन्जरमा कुराकानी गर्ने क्रममा पीडितलाई ललाई फकाई प्रलोभनमा पारी संवेदनशील अंगहरू देखाउन लगाई स्क्रिनसट गरेको अश्लिल तस्विर/भिडियो फेक फेसबुक एकाउन्ट बनाई अपलोड गरी दुख/हैरानी दिई चरित्र हत्या गरेको भन्ने पीडितको उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई सिराहाबाट पक्राउ गरेको हो । उनी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

हत्या गरेको अभियोगमा पक्राउ
२०८२-०७-१८

नवलपरासी पश्चिम, आफ्नै श्रीमती ५५ वर्षीया भिमकला थापाको हत्या गरेको अभियोगमा सुनवल नगरपालिका-१३ घ्युडल्ला बस्ने ६२ वर्षीय खड्का बहादुर थापालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । खड्काले खुर्पा प्रहार गर्दा भिमकला गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी बिट भुमही र इलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । खुर्पा प्रहारबाट गम्भीर घाइते भएकी भिमकलाको लुम्बिनी सिटि अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०७-१७

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर मध्यपुर थिमि नगरपालिका-१ बस्ने धनुषा जनकनन्दिनी गाउँपालिका-३ घर भएका ३१ वर्षीय राहुल पुन्जलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।राहुलले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४२ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-११ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।